अब अनलाइनबाटै शेयरको किनबेच गर्न सकिने

 साउन १, २०७५ मंगलबार ८:६:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

आजदेखि शेयरमा स्वचालित विद्युतीय कारोबार प्रणाली लागू हुँदैछ । धितोपत्र बोर्डले धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५ लागू गर्दै अब अनलाइनबाटै शेयरको किनबेच गर्न सकिने व्यवस्था गरेको हो । 

यो सँगै घर, कार्यालय वा इन्टरनेट भएका जुनसुकै स्थानबाट पनि सहज रुपमा नै कारोबार गर्न सकिने बोर्डले जनाएको छ । अनलाइनबाट शेयर कारोबार गर्नका लागि कारोबारकर्ताले पहिलोपटक शेयर दलालको कार्यालयबाट ‘युजरनेम’ र ‘पासवर्ड’ लिनुपर्ने र त्यसपछि भने घरैमा बसेर अनलाइनबाट कारोबार गर्नसक्ने बोर्डका प्रवक्ता निरज गिरीले बताउनुभयो । 

शेयर कारोबारलाई थप व्यवस्थित, प्रभावकारी र लगानीमैत्री बनाउन तथा विद्युतीय कारोबार प्रणाली लागू गर्न लागिएको बोर्डले जनाएको छ ।  
 

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया