पाकिस्तानमा भारी वर्षाका कारण ज्यान गुमाउनेको सङ्ख्या ८७ पुग्यो
बैशाख ८, २०८१ शनिबार
माेरङ - दीपावलीको साँझ मोरङका विभिन्न स्थानमा भएको आगलागीमा एक जनाको ज्यान गएको छ ।
मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नम्बर-५, कोठेबारीका युवराज गिरीको घरमा आइतबार राति आगलागी हुँदा उहाँका ४ वर्षीय छाेरा युसन गिरीको ज्यान गएको हो । दीपावली गर्ने क्रममा आगलागी हुँदा घरभित्र सुतिरहेका युसनकाे जलेर ज्यान गएको हो । आगलागीबाट ६० हजार नगद, सुन, चाँदी, लत्ता कपडासमेत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
यस्तै विराटनगरमा आगलागी हुँदा एउटा कार जलेको छ । आइतबार साँझ दीपावली गर्ने क्रममा विराटनगर-१० मा रहेको नेशनल एकेडेमी कलेज नजिकै रोकेर राखिएको को १ च ९२६२ नम्बरको कारमा आगो लागेको हो । तिहारको बेला मैनबत्ती बाल्ने क्रममा आगलागी भएको हुनसक्ने प्रहरीले जनाएको छ । आगलागीबाट कार पूर्ण रुपमा जलेर नष्ट भएको छ ।
यसैगरी, मोरङको केराबारी गाउँपालिका वडा नम्बर-८, आमजुङ्गेमा दीपावली गर्ने क्रममा स्थानीय उमेश बस्नेतको घरमा आगलागी हुँदा २१ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी घनश्याम श्रेष्ठले जानकारी दिनुभयो ।