अमेरिकामा दोस्रो पटक सुँगुरको मिर्गाैला जीवित मानिसमा प्रत्या...
बैशाख १३, २०८१ बिहिबार
नेपाली क्रिकेट टिमको कप्तानीबाट राजीनामा दिएको पारस खड्काको बारेमा चाँडै नै नेपाल क्रिकेट संघ क्यानले छिनोफानो गर्ने महासचिव अशोकनाथ प्याकुरेलले बताएका छन् ।
सामाजिक सञ्जालमा आफूले कप्तानी पद त्यागेको घोषणा गरेपछि सबैलाई स्तब्ध बनाएका पारसको आधिकारिक भनाइ क्यानमा नआएको भन्दै नेपाल क्रिकेट संघले राजीनामाका बारेमा प्रस्ट पार्न भन्दै पत्र पठाएको थियो ।
त्यसको जवाफमा पारसले इमेलमार्फत क्यानलाई आफ्नो राजीनामाका बारेमा सामाजिक सञ्जालमा आएको कुरा सही भएको उल्लेख गरेका छन् । प्याकुरेलले इमेलबाट पारसले आइतबार क्यानलाई आफ्नो राजीनामाका बारेमा जानकारी दिएको बताए ।
पारसले क्यानलाई लिखित जवाफ पठाएपछि अब उनी कप्तानमा फर्कने सम्भावना लगभग कठिन भएको पनि महासचिव प्याकुरेलले बताए । उनले आफ्नो चाहनाअनुसार कप्तानी पदबाट राजीनामा दिएको र अब क्यानले यसको प्रक्रियाका बारेमा छलफल गरेर निष्कर्ष निकाल्ने बताए ।
उनले तत्काल एमसीसीविरुद्धको सिरिजका लागि आपतकालीन विकल्प खोज्ने र त्यसपछि फेरि क्यानले कप्तानका लागि दीर्घकालीन निष्कर्ष निकाल्ने बताए । पारसले राजीनामा दिएपछि अबको कप्तान को भन्ने धेरै प्रश्नहरु उठिरहेका बेला अहिलेको विकल्पका रुपमा ज्ञानेन्द्र मल्ल, शरद भेषावकर नै पहिलो रोजाइमा पर्ने सम्भावना छ ।
नेपालले घरेलु मैदानमा एमसीसीसँग टी–२०, एक दिवसीय र दुई दिवसीय सिरिज खेल्नेछ । त्यसका लागि एमसीसी टिम नोभेम्बर एक तारिखमा नेपाल आउनेछ ।
सम्बन्धित समाचार