ट्रम्पले गरे पुटिनको बचाउ : राष्ट्रपतीय चुनावमा रुसले हस्तक्षेप नगरेको दावी

 साउन १, २०७५ मंगलबार ९:३०:५७ | एजेन्सी
unn.prixa.net

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१६ मा भएको राष्ट्रपतीय चुनावमा रुसले हस्तक्षेप नगरेको बताएका छन् । अमेरिकी जाँच ब्युरोे एफबीआईले रुसको हस्तक्षेप भएको दावी गरिरहेका बेला राष्ट्रपति ट्रम्पले रुसको बचाउ गरेका हुन् ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको शिखरवार्ताका क्रममा ट्रम्पले अमेरिकी गुप्तचर एजेन्सीले भने अनुसार रुसले अमेरिकी चुनावमा हस्तक्षेप नगरेको दावी गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ट्रम्प र पुटिनबीच फिनल्याण्डको राजधानी हेलसिन्कीमा झण्डै २ घण्टा शिखर वार्ता भएको थियो ।

यसैैबिच जासुसी गरेको आरोपमा अमेरिकामा एकजना रुसी महिला पक्राउ परेकी छिन् । रुसी सरकारको एजेण्टका रुपमा राजनीतिक समूहमा घुसपैठको षड्यन्त्र रचेको भन्दै उनलाई पक्राउ गरिएको हो । अमेरिकी सञ्चारमाध्यमका अनुसार मारियाले सत्तारुढ पार्टीसँग राम्रो सम्बन्ध बनाउँदै बन्दुक अधिकारको पक्षमा वकालत गरिरहेकी थिइन् । उनी रुसी सरकारको उच्च अधिकारीहरुको निर्देशनमा काम गरिरहेको अमेरिकाको दावी छ ।

ट्रम्प र पुटिनबीचको शिखर वार्ताको केही समयपछि नै मारिया पक्राउ परेकी हुन् । मारिया पक्राउ परेको विषय अमेरिकामा सन् २०१६ को राष्ट्रपति चुनावमा रुसी हस्तक्षेपको अनुसन्धानसँग संलग्न नरहेको खबरमा उल्लेख छ ।  


 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया