जिम्बाबेसँगको एकदिवसीय क्रिकेट शृंखलामा पाकिस्तानको अग्रता

 साउन १, २०७५ मंगलबार ९:५७:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

जिम्बाबेसँगको एकदिवसीय क्रिकेट शृंखलामा पाकिस्तानले २ शून्यको अग्रता लिएको छ । दोश्रो खेलमा ९ विकेटको जीत हात पार्दै पाकिस्तानले पाँच एकदिवसीय खेलको शृंखलामा २ शून्यको अग्रता लिएको हो । 

१ सय ९५ रनको लक्ष्य पाकिस्तानले ३६ ओभरमा १ विकेट गुमाएर भेट्टाएको हो । पाकिस्तालाई सहज जित दिलाउन फकार जमानले नटआउट १ सय १७ रन बनाए । इमाम उल हकले ४४ रनको योगदान गरे । 

पहिले ब्याटिङ गरेको जिम्बाबे ४९ ओभर २ बलमा १ सय ९४ रनमा अलआउट भएको थियो । जिम्बाबेका मासाकाज्दाले ५९ र मूरले ५० रन बनाउनुबाहेक अरु ब्याट्स्म्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । पाकिस्तानका उस्मान खानल ४ तथा हसन अलीले ३ विकेट लिएका थिए ।  
 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया