मंगलबारका लागि रियाल, रिंगिट, दिर्हाम लगायतका विदेशी मुद्राको सटही दर

 साउन १, २०७५ मंगलबार १०:५४:५३ | उज्यालो सहकर्मी

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ १८ पैसा र बिक्रिदर २९ रुपैयाँ ३४ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ०५ पैसा र बिक्रिदर ३० रुपैयाँ २२ पैसा छ । युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ७९ पैसा र बिक्रिदर २९ रुपैयाँ ९५ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ०७ पैसा र बिक्रिदर २७ रुपैयाँ २२ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७१ पैसा र बिक्रिदर ९ रुपैयाँ ७७ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ६१ रुपैयाँ ४८ पैसा छ भन बिक्रिदर ३ सय ६३ रुपैयाँ ४६ पैसा रहेको छ ।

बहराइन दिनार एकको खरिददर २ सय ८८ रुपैयाँ ९० पैसा र बिक्रिदर २ सय ९० रुपैयाँ ४८ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया