काठमाण्डौका निजी विद्यालयले एक महिनाको भन्दा धेरै शुल्क लिएर ...
बैशाख ७, २०८१ शुक्रबार
सर्लाही – भारतीय नम्बर प्लेटको जीपले मोटरसाइकललाई ठक्कर दिँदा बिहीबार एक जनाको ज्यान गएको छ ।
मलंगवाबाट नवलपुरतर्फ आउँदै गरेको बीआर ६ पी डी ५९२२ नम्बरको जीपले मलंगवातर्फ जाँदै गरेको बा ६९ प ४८५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक हरिपुर नगरपालिका-२ का २८ वर्षीय आशिष पौडेलको ज्यान गएको प्रहरीले जनाएको छ।
ठक्कर दिने जीप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतकको शव परीक्षणको लागि जिल्ला अस्पताल पठाइएको छ ।
यसैबीच मोटरसाइकल चालकको ज्यान गएपछि आक्रोशित भिडले हरिपुर नगरपालिका र हरिपुरमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा तोडफोड गरेका छन् । तोडफोडबाट स्वास्थ्य केन्द्रको सिसा फुटेको छ भने नगरपालिकाको प्रशासन कक्षमा रहेको कम्प्युटरमा पनि क्षति पुगेको छ ।
उनीहरुले स्वास्थ्य केन्द्रमा अक्सिजन नभएको र नगरपालिकासँग एम्बुलेन्स नभएको भन्दै तोडफोड गरेका हुन् । ताेडफाेडबाट नगरपालिका कार्यालयकाे ना १ ग ७५५ नम्बर र ना १ ग ७५३ नम्बरकाे टिप्परमा क्षति पुगेकाे छ ।
रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।