एमसीसीविरुद्ध खेल्ने नेपाली टाेलीकाे घोषणा, पारसले वान डे मात्रै खेल्ने (सूचीसहित)

 कात्तिक १४, २०७६ बिहिबार १८:५०:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ - इंग्ल्याण्डको मेरिलबोन क्रिकेट क्लब (एमसीसी) विरुद्ध तीन वटा फर्म्याटमा सिरिज खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ । 

नेपाल क्रिकेट संघ (क्यान)ले तीन वटै फर्म्याटका लागि ज्ञानेन्द्र मल्लको कप्तानीमा टिम घोषणा गरेको । एक दिवसीय, टी-२० र तीन दिवसीय क्रिकेटका लागि तीन वटा टिम घोषणा गरिएको छ । २३ जना खेलाडीले तीन वटा फर्म्याटको प्रतियोगिता खेल्दै छन् ।

तीन वटै फर्म्याटमा खेल्ने खेलाडीको संख्या भने ८ रहेको छ ।

सम्बन्धित समाचार

तीनै फरम्याटमा खेल्ने खेलाडीमा ज्ञानेन्द्र मल्ल, आरिफ शेख, विनोद भण्डारी, करण केसी, ललित राजवंशी, सन्दीप लामिछाने, सोमपाल कामी, दिपेन्द्रसिंह ऐरी छन् । पूर्व कप्तान पारस खड्काले भने एकदिवसीय खेल मात्रै खेल्नेछन् । 

टी–२० खेल्ने नेपाली टिम 

आरिफ शेख
अमित श्रेष्ठ
अविनाश बोहोरा
विनोद भण्डारी
दीपेन्द्रसिंह ऐरी
ज्ञानेन्द्र मल्ल
करण केसी
कुशल भुर्तेल
ललित राजवंशी
पवन शर्राफ
सन्दीप जोरा
सन्दीप लामिछाने
सोमपाल कामी
सुसन भारी

यसैगरी नेपाली टिमले ५० ओभरको प्रतियोगिता पनि खेल्ने छ । त्यसका लागि पनि क्यानले अर्को टिम घोषणा गरेको छ ।

आरिफ शेख
बसन्त रेग्मी
विक्रम शोब
विनोद भण्डारी
दीपेन्द्रसिंह ऐरी
ज्ञानेन्द्र मल्ल
इशान पाण्डे
करण केसी
ललित राजवंशी
पारस खड्का
रोहितकुमार पौडेल
सन्दीप लामिछाने
शरद भेषावकर
र सोमपाल कामी 

तीन दिवसीय क्रिकेटका लागि पनि १४ सदस्यीय टिम घोषणा गरिएको छ ।

आरिफ शेख
बसन्त रेग्मी
विनोद भण्डारी
दीपेन्द्रसिंह ऐरी
ज्ञानेन्द्र मल्ल
जितेन्द्र मुखिया
करण केसी
ललित राजवंशी
पवन शर्राफ
राजु रिजाल
रोहित पौडेल
सन्दीप लामिछाने
शरद भेषावकर
सोमपाल कामी 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया