ट्रम्पविरुद्ध महाअभियोग प्रक्रिया अघि बढाउन मतदान : पक्षमा २३२ मत, विपक्षमा १९६ मत

 कात्तिक १५, २०७६ शुक्रबार १५:२३:१८ | एजेन्सी
unn.prixa.net

अमेरिकी सांसदहरुले बिहीबार पहिलो पटक राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोग प्रक्रिया अघि बढाउन मतदान गरेका छन् । 

अमेरिकी संसद केहाउस अफ् रिप्रेजेन्टिभ्स् ले बिहीबार राष्ट्रपति ट्रम्पविरुद्ध महाअभियोग चलाउने प्रस्तावलाई मञ्जुरी दिएको छ । महाअभियोग प्रस्तावको दौरान मतदान हुँदा पक्षमा २३२ र विपक्षमा १९६ मत खस्यो । 

महाअभियोग लगाउने डेमोक्रेटिक पार्टीलाई सभामा बहुमत मिलेको छ । 

ट्रम्पमाथि आफ्नो विरोधी जो बिडेन र उनका छोराविरुद्ध युक्रेनको ग्यास कम्पनीमा भ्रष्टाचारको मामिलामा जाँचको लागि युक्रेनलाई दबाब दिएको आरोप लागेको छ । 

महाअभियोग प्रस्तावमा जासुसी मामिलाको समितिका प्रमुख एण्ड स्किफको नेतृत्वमा सार्वजनिक जाँच गर्ने बताइएको छ । समितिका अध्यक्ष मैक्गवर्नले आफूसँग राष्ट्रपतिद्वारा शक्तिको दुरुपयोग गरेको, राष्ट्रिय सुरक्षा र चुनावी प्रक्रियासँग सम्झौता गरेको बलियो सबुत रहेको बताएका छन् । 

यसको अलावा सदनको चार ओटा समितिले जाँचको दौरान सबुत र बयान जम्मा गरिएको र त्यसलाई चाँडै नै अमेरिकी जनतासमक्ष ल्याउने बताए । साथै यी सबुतबाट ट्रम्पले सन् २०२० को अमेरिकी चुनावमा फाइदाको लागि शक्तिको दुरुपयोग गरेको बताइएको छ । 

यस्तो हुनेछ महाअभियोग प्रक्रिया

प्रतिनिधि सभाको ६ समितिले राष्ट्रपति ट्रम्पमाथि महाअभियोगको मामिलामा जाँच गर्नेछ । यसको अलावा महाअभियोग मामिला मजबुत पाइएको अवस्थामा त्यसलाई न्यायिक समितिमा पठाइनेछ । 

यदि जाँचमा ट्रम्पविरुद्ध सबुत नभेटिए उनी पदमा रहिरहनेछन् र सबुत मिलेको अवस्थामा प्रतिनिधि सभा महाअभियोग प्रक्रियाको विभिन्न धारा लगाउन संसदमा मतदान गराइनेछ । 

महाअभियोगको पक्षमा धेरै मत आउँदा प्रक्रिया अघि बढाएर संसदसमक्ष पठाइनेछ र धाराहरुको सुनुवाइ हुनेछ । फेरि संसदमा ट्रम्पलाई दोषी ठहराउनका लागि मतदान गराइनेछ । संसदले आयोजना गरेको यो मतदानमा ट्रम्पको पक्षमा दुइतिहाई भन्दा कम मत आउँदा उनी पदमा नै रहिरहनेछन् र मत बढी भएमा उनले कुर्सी छोड्नुपर्नेछ ।  

अमेरिकामा पहिले पनि महाअभियोग लगाइएको थियो तर सफल हुन सकेन

ट्रम्पलाई पदबाट हटाउनका लागि २० रिपब्लिकन सांसदहरुले आफ्नो राष्ट्रपतिको विरोधमा मतदान गर्नुपर्ने हुन्छ । यद्यपि यसको सम्भावना कम छ किनकि ट्रम्प रिपब्लिकनबाट नै राजनीतिमा छन् । 

अहिलेसम्म अमेरिकी राजनीतिको इतिहासमा कुनै पनि राष्ट्रपतिलाई महाअभियोग प्रक्रियाबाट हटाइएको छैन । यसअघि अमेरिकाका १७ औँ राष्ट्रपति एन्ड्रयू जोनसोन र ४२ औँ राष्ट्रपति बिल क्लिन्टनविरुद्ध महाअभियोगको प्रक्रिया चलेको थियो तर त्यो सफल हुन सकेन । 

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया