कप्तान मल्ललाई प्रधानमन्त्री ओलीकाे बधाई !

 कात्तिक १५, २०७६ शुक्रबार १६:१७:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाली क्रिकेट टिमका नवनियुक्त कप्तान ज्ञानेन्द्र मल्ललाई प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई दिनु भएकाे छ ।

ओलीले शुक्रबार सामाजिक सञ्जाल ट्विटरमार्फत मल्ललाई बधाई दिनु भएकाे हाे । झण्डै १० वर्ष कप्तानको भूमिकाबाट पारस खड्काले राजीनामा दिएपछि मल्लले कप्तानको जिम्मेवारी पाएका हुन् । मल्ललाई गएकाे बुधबार नेपाल क्रिकेट स‌ंघ (क्यान) ले कप्तानकाे जिम्मेवारी दिएकाे हाे ।

नेपाली क्रिकेट टोलीको कप्तान छानिनुभएकोमा ज्ञानेन्द्र मल्ललाई हार्दिक बधाई दिन चाहन्छु, उहाँको नेतृत्वमा नेपाली क्रिकेटले नयाँ उचाइ प्राप्त गर्ने विश्वाससहित शुभकामना व्यक्त गर्दछु’, प्रधानमन्त्री ओलीले लेख्नु भएकाे छ । स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री ओली बुधबार ग्राण्डी अस्पताल भर्ना हुनु भएकाे थियाे । उहाँ बिहीबार साँझ मात्रै अस्पतालबाट डिस्चार्ज हुनु भएकाे हाे ।

यसअघि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' सहित विभिन्न दलका नेताहरुले कप्तान मल्ललाई बधाई दिएका थिए । 

सम्बन्धित समाचार


अन्तिम अपडेट: चैत २६, २०८०

तपाईको प्रतिक्रिया