प्रचण्ड नेतृत्वकाे सरकारलाई निरन्तरता दिन एमाले तयार छ : महास...
बैशाख ७, २०८१ शुक्रबार
इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड पराजित भएको छ । शनिबार भएको खेलमा म्यानयू एएफसी बर्नमाउथसँग १–० गोल अन्तरले पराजित भएको हो ।
जितसँगै बर्नमाउथ १६ अंकसहित छैटौँ स्थानमा उक्लदा म्यानयू १३ अंकसहित सातौं स्थानमा यथावत रहेको छ । बर्नमाउथले आफ्नै मैदानमा पाहुना टोली म्यानयूविरुद्ध पहिलो हाफमा १ गोल गरेको थियो ।
४५ औं मिनेटमा योहोसु किंगले गोल गर्दै अग्रता दिलाएका हुन् । दोस्रो हाफमा म्यानयूले गोल फर्काउने प्रयास गरेपनि असफल भयो । ११ औं चरणको खेल जारी रहँदा म्यानयूको यो चौथो हार हो ।