ला लिगामा रियल भालाडोलिडको जित

 कात्तिक १८, २०७६ सोमबार ६:४१:४ | उज्यालो सहकर्मी
unn.prixa.net

स्पेनिस ला लिगा फुटबलमा रियल भालाडोलिड विजयी भएको छ । जितसँगै स्पष्ट तीन अंक जोडेको भालाडोलिड १७ अंकसहित तालिकाको १० औँ स्थानमा छ । 

आइतबार राति भएको खेलमा भालाडोलिडले मालोर्कालाई ३–० ले पाखा लगाएको हो । भालाडोलिडको जितमा जोक्विन फर्नांडीज मोरेनो, एन्स युनल र सैंड्रो रामिरेज़ कैस्टिलोले एक एक गोल गरेका थिए । यस्तै आइतबार राति नै भएको खेलमा भिल्ला रियल र एथ्लेटिक क्लब गोलरहित बराबरीमा रोकिएका थिए ।

भिल्ला रियल १८ अंकसहित सातौँ स्थानमा छ भने एथ्लेटिक क्लब १७ अंकसहित आठौँ स्थानमा छ ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया