डोलेश्वरमा बसाहा स्थापना

 साउन १, २०७५ मंगलबार १५:५२:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर – सूर्यविनायक नगरपालिका ८ सिपाडोलमा रहेको डोलेश्वर महादेव मन्दिरमा स्थापना गरेको महादेवको बाहन बसाहाको अनावरण गरिएको छ । 

केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले मंगलबार मन्दिर प्राङ्गणमा आयोजना गरेको अनावरण कार्यक्रममा स्वामी चूडामणि महाराजले बसाहाको अनावरण गर्नुभएको हो ।

काभ्रेको कुसादेवीबाट ल्याएको ३० टन ठूलो ढुंगालाई खोपेर चाँगुनारायण नगरपालिका ८ सुडालका पूर्ण कुसुमले तयार पारेको १६ टन अर्थात १६ हजार किलोग्रामको १० फिट लम्बाइ ४० इन्च गोलाई रहेको बसाहा मंगलबार अनावरण गरिएको हो । बसाहा निर्माणका लागि ८ लाख रुपैयाँ खर्च भएको र त्योे खर्च शम्भु बुढाथोकीले खर्च गरेको समितिले जानकारी दिएको छ ।

कार्यक्रममा स्वामी चूडामणि महाराजले चारधाम नेपालमै रहेकाले चारधामको दर्शन गर्न भारत गइरहनु नपर्ने बताउँदै डोलेश्वर चारधाम मध्ये कै एक धाम भएको बताउनुभयो । त्यसअवसरमा प्रदेशसभाका सदस्य शशीजंग थापाले भक्तपुर धार्मिक स्थलको प्रखर गन्तव्य रहेको जिल्ला भएको चर्चा गर्दै सूर्यविनायक नगरपालिकामा डोलेश्वरसँगै अन्य चर्चित शिवालयहरु भएकाले यस क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले यस नगरपालिकाले सूर्यविनायक नगरपालिका क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न गुरुयोजना बनाउन लागेको बताउनुभयोे । डोलेश्वरमा मंगलबारदेखि एक महिने साउन मेला सुरु भएको र भदौ ६ गतेसम्म मेला सञ्चालन हुनेछ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया