पुल भाँचिएर एक जना खोलामा खसे

 साउन १, २०७५ मंगलबार १७:१०:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

सोलुखुम्बु – सोलुदूधकुण्ड नगरपालिका –११, तिङ्लामा निर्माणाधीन तल्लो सोलु हाइड्रोपावरमा फलामे पुल भाँचिदा एक जना बेपत्ता भएका छन् । 

मंगलबार बिहान पुल तर्ने क्रममा पुल भाँचिएर हाइड्रोपावरमा कार्यरत २८ विजय विजय धिताल बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

मेची नगरपालिका –२, झापा घर भई हाइड्रोपावरमा कार्यरत धिताल पुल तर्दै गर्दा एक्कासी पुल भाँचिएर खोलामा खसेको प्रत्यक्षदर्शीले जानकारी गराएका छन् । घटना लगत्तै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायव निरीक्षकको कमाण्डमा खटिएको १० जना प्रहरीको टोलीले खोजी कार्य गरिरहेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया