विद्यालय भवनमा बैंक कार्यालय, विद्यार्थी टहरोमै !

 साउन १, २०७५ मंगलबार १७:४१:५८ | उषा तामाङ
unn.prixa.net

दोलखा – मेलुङ गाउँपालिकाले भूकम्पपछि नवनिर्मित विद्यालय भवन बैंकलाई भाडामा दिएको छ ।

गाउँपालीकाले वडा नम्बर ४ भेड्पुमा रहेको भिम माविको नवनिर्मित भवन बैंक सञ्चालनका लागि भाडामा दिएको हो । नवनिर्मित सुविधा सम्पन्न भवन बैंकलाई भाडामा दिएपछि विद्यार्थी पुनः टहरोमा पढ्न बाध्य भएका छन् ।

भर्खरै ९० लाख खर्च गरेर निमार्ण सम्पन्न ६ कोठे भवनमा ४ कोठा सानिमा विकास बैङ्कलाई मासिक १५ हजार रुपैयाँमा दिने निर्णय गरेपछि स्थानीयहरुले विरोध गरेका छन् । विद्यार्थीलाई टहरामा राखेर भवन बैङ्कलाई दिने सम्झौता भएपछि मेलुङ गाउँपालिका वडा नम्बर ४ का स्थानीय बालबालिका जस्ताको टहरामा नै पठनपाठन गर्न बाध्य भएका छन् ।

आफ्ना बालबालिका जस्ताको टहरामा कष्टकर रुपमा पढ्ने बाध्यता हुँदाहुँदै भर्खरे बनेको भवन बैंकलाई भाडामा दिएको भन्दै स्थानीय जनप्रतिनिधि र अविभावकहरुले व्यापक विरोध जनाएका हुन् ।

यता मेलुङ गाउँपालिकाका अध्यक्ष नरबहादुर श्रेष्ठले बालबालिकाको पढाईमा कुनै बाधा नपुग्ने गरी विद्यालयको भवन बैंकलाई भाडामा दिएको बताउनुभयो ।

यसैबीच विद्यालयमा बैंक राखेर विद्यार्थीलाई टहरोमा पठनपाठन गर्न बाध्य पारेको भन्दै बैंकलाई अन्यत्र सार्न नेपाल विद्यार्थी संघले माग गरेको छ । संघले मङ्गलबार एक विज्ञप्ति जारी गर्दै विरोध समेत गरेको छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

उषा तामाङ

उज्यालोका दोलखा सहकर्मी उषा तामाङ कालीञ्चोक एफएममा पनि कार्यरत हुनुहुन्छ ।

6 Comments

  • Puru

    July 17, 2018, 9:39 p.m.

    Ok very good

  •  0 Reply
  • Ujjwal

    July 17, 2018, 9:38 p.m.

    ६ कोठा बनाउन ९० लाख कसरी लाग्यो /

  •  0 Reply
  • बाल कृष्ण पङेनी

    July 17, 2018, 8:01 p.m.

    फटाहाहरुको सरकार छ जे गरे पनि भयो डाडु पन्यु हातमा छ ।

  •  0 Reply
  • Puspa ghimire

    July 17, 2018, 8:01 p.m.

    सानिमा बैंक हाे ।बिकास बैंक हाेइन। लेखाइ लाइ सुधार गर्नुहोला।

  •  0 Reply
  • Tej

    July 17, 2018, 7:54 p.m.

    बिद्यार्थी लाई भवनमा पठन पाठन हुनु पर्छ

  •  0 Reply
  • Tej

    July 17, 2018, 7:53 p.m.

    बिद्यार्थी लाई भवनमा पठन पाठन हुनु पर्छ

  •  0 Reply

तपाईको प्रतिक्रिया