अमेरिकी राष्ट्रपति ट्रम्पलाई २० लाख डलर जरिवाना तिर्न आदेश

 कात्तिक २२, २०७६ शुक्रबार ९:१२:१ | एजेन्सी
unn.prixa.net

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई २० लाख डलर जरिवाना तिर्न आदेश दिइएको छ ।

सन् २०१६ को राष्ट्रपति चुनावमा परोपकारी संस्थाको रकम प्रयोग गरेको आरोपमा न्यूयोर्कको एक न्यायधीशले २० लाख डलर जरिवानाको आदेश दिएका हुन् । 

न्यायाधीशले राष्ट्रपति ट्रम्पले नै यो रकम तिर्नुपर्ने आदेशमा उल्लेख गरेको बीबीसीले जनाएको छ ।

राष्ट्रपति ट्रम्पमाथि सन् २०१६ को राष्ट्रपति चुनावमा परोपकारी संस्थाको रकम प्रयोग गरेको आरोप लागेको थियो ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया