पाकिस्तानलाई १० विकेटले हराउँदै टी-२० सिरिज अष्ट्रेलियाले दुई-शून्यले जित्याे

 कात्तिक २२, २०७६ शुक्रबार १७:३९:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

पाकिस्तान विरुद्धको तेस्रो टी-२० खेलमा अष्ट्रेलिया १० विकेटले विजयी भएको छ ।

शुक्रबार भएकाे खेलमा जितसँगै अष्ट्रेलियाले तीन खेलको सिरिज दुई-शून्यले जितेको छ । पर्थमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाएर एक सय ६ रन बनायो । पाकिस्तानका लागि दुई खेलाडीले मात्र दोहोरो अंक जोड्न सके । जसमा इफ्तिकार अहमदले ४५ तथा इमाम उल हकले १४ रन बनाए ।

बलिङमा अष्ट्रेलियाका केन रिचर्डसनले तीन तथा मिचेल स्टार्क र सिन एबोटले दुई-दुई विकेट लिए ।

जवाफमा अष्ट्रेलियाले ११ ओभर पाँच बलमा कुनै विकेट नगुमाइ लक्ष्य पूरा गर्यो । अष्ट्रेलियाको जितमा डेभिड वार्नरले ४८ तथा एरोन फिन्चले ५२ रन बनाए । अष्ट्रेलिया र पाकिस्तानबीचको पहिलो खेल रद्द भएको थियो भने दोस्रो खेलमा अष्ट्रेलिया विजयी भएको थियो । 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया