कञ्चनपुर भ्यान र हायस ठोक्किए : दुईको मृत्यु, नौ घाइते

 साउन १, २०७५ मंगलबार १९:५०:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

कञ्चनपुर – कृष्णपुर नगरपालिका –५, आमखैयास्थित पूर्व–पश्चिम राजमार्गमा गाडी दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ ।

दुर्घटनामा परि ९ जना घाइते भएका छन् । महेन्द्रनगबाट  धनगढी गइरहेको अजय सिंह रानाले चलाएको म १ज २५० नम्बरको हाइस र धनगढीबाट महेन्द्रनगर आइरहेको दिलबहादुर चौधरीले चलाएको बा १०च ४९१८ नम्बरको भ्यान एक आपसमा ठोक्किदा २ जनाको ज्यान गएको हो ।

ज्यान जानेमा भ्यानमा सवार कैलाली गोदावरी नगरपालिका ४ बस्ने वर्ष २४ कि रिना चौधरी र उनका छोरा रिदम चौधरी रहेका छन् ।

भ्यानका चालक दिलबहादुर चौधरीका्े अवस्था गम्भीर रहेको छ । उहाँको पद्मा अस्पताल अत्तरीयामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया