युभेन्टसको जितमा डिबालाको गोल

 कात्तिक २५, २०७६ सोमबार ६:३४:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

इटालियन सिरिएमा एसी मिलानलाई हराउँदै युभेन्टस पुनः शीर्ष स्थानमा फर्किएको छ । पाउलो डिबाला बेन्चबाट आएर गोल हानेपछि युभेन्टसले घरेलु मैदानमा मिलानसँग तीन अंक खोस्न सफल भएको हो ।

माउरिजियो सार्रीको प्रशिक्षणमा रोनाल्डो लगातार दोस्रो खेलमा बेन्चमा फर्किए ।

पहिलो हाफमा धेरै संघर्ष गरेको युभेन्टसका गोलकिपर वज्निक सिजेस्नीले मिलानका धेरै प्रहार बचाउ गरेका थिए । ५५ औँ मिनेटमा रोनाल्डोलाई बेन्चमा फर्काउँदै प्रशिक्षक सार्रीले डिबालालाई मैदानमा पठाए ।

७७औं मिनेटमा डिबालाले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाए । खेलको अन्तिम समयतिर डिबालाले अर्को एउटा मौका पाएका थिए । तर, गोल हुनबाट चुक्यो । बाँकी समयमा गोल हुन नसक्दा डिबालाको यही गोल युभेन्टसको जितमा निर्णायक बन्यो ।

यो जितसँगै युभेन्टसले अपराजित यात्रा कायम राखेको छ । उसले दोस्रो स्थानको इन्टरमिलानविरुद्ध एक अंकको अग्रता कायमै राखेको छ । एसी मिलान भने १३ अंकसहित चौधौँ स्थानमा छ ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया