मोटरसाइकल चोरीमा संलग्न ५ जना पक्राउ

 साउन १, २०७५ मंगलबार २०:४६:४२ | गोपाल भण्डारी

कपिलवस्तु  – मोटरसाइकल चोरी गर्ने ५ जनालाई तौलिहवाबाट प्रहरीले पक्राउ गरेको छ । 

तौलिहवाको नयाँ टोल चोकबाट नम्बर प्लेट नभएको चोरीको मोटरसाइकलसहित उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

पक्राउ पर्नेहरुमा नेपाली नागरिक रामबहादुर खटिक, साहबुद्दिन मुसलमान, विकास श्रीवास्तव, सकिर रहमान र भारतीय नागरिक हमित मुलसमान रहेको प्रहरी उपरीक्षक रवि रावलले बताउनुभयो ।

उनीहरुलाई प्रहरीले रुपन्देही जिल्ला शुद्धोधन गाउँपालिका वडा नं. ३ बाट चोरी भएको लु २२ प ७७५८, लु १४ प ६२५२, नम्बर प्लेट नरहेको स्कुटर र नम्बर नखुलेको अनटेस्ट स्कुटी बरामद भएको प्रहरी नायव उपरीक्षक रावलले बताउनुभयो । 

पक्राउ परेका ५ जना थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको थुनामा रहेको प्रहरी नायव उपरीक्षक रावलले बताउनुभयो । 


 

अन्तिम अपडेट: बैशाख ६, २०८१

गोपाल भण्डारी

गोपाल भण्डारी कपिलवस्तुका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया