टी–१० लिग खेल्नका लागि पूर्व कप्तान पारस आज यूएई जाँदै

 कात्तिक २५, २०७६ सोमबार ८:१२:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

संयुक्त अरब इमिरेट्समा सुरु हुने टी–१० लिग खेल्नका लागि पूर्व कप्तान पारस खड्का साेमबार त्यसतर्फ जाँदैछन् ।

नोभेम्बर १५ देखि २४ सम्म हुने प्रतियोगितामा नेपालबाट पारससँगै सन्दीप लामिछानेले पनि खेल्दैछन् । तर, सन्दीप लामिछाने भने मंगलबारमात्र त्यसतर्फ प्रस्थान गर्नेछन् । 

गएको महिना टी–१० लिगको ड्राफ्ट सार्वजनिक भएको थियो । सन्दीप लामिछानेको नाम पहिलो चरणकै ड्राफ्टमा समावेश भए पनि पारसको नाम भने दोस्रो चरणमा आएको थियो । 

पारस अबुधाबी टिमबाट खेल्नेछन् । सन्दीप भने कर्नाटका टस्कर्सबाट खेल्नेछन् । हसिम अमला आइकनिक प्लेयर रहेको टस्कर्समा टम मुडीले प्रशिक्षण दिनेछन् ।

गएको सिजन सन्दीपले केरला नाइट्सबाट खेलेका थिए ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया