दार्चुलामा भीरबाट लडेर वडा सचिवको ज्यान गयो
चैत १६, २०८० शुक्रबार
काठमाण्डौ – सोमबार बहराइन दिनार र कोरियन वनको भाउ घटेको छ भने अरु विदेशी मुद्राको भाउमा कुनै थपघट भएको छैन ।
सोमबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ७७ पैसा र बिक्रीदर ११४ रुपैयाँ ३७ पैसा तोकेको छ । यस्तै साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३४ पैसा र बिक्रीदर ३० रुपैयाँ ५० पैसा रहेको छ ।
आज कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४१ पैसा रहेको छ । ओमानी रियाल १ को खरिददर २९६ रुपैयाँ २३ पैसा रहेको छ ।
यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ९७ पैसा र बिक्रीदर ३१ रुपैयाँ १४ पैसा छ । मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ५२ पैसा बिक्रीदर २७ रुपैयाँ ६७ पैसा तोकेको छ ।
कोरियन वनको भाउ भने थोरैले घटेको छ । वन १ सयको खरिददर ९ रुपैयाँ ८२ पैसा र बिक्रीदर ९ रुपैयाँ ८७ पैसा पुगेको छ । आइतबार यसको १ सयको खरिददर ९ रुपैयाँ ८३ पैसा र बिक्रीदर ९ रुपैयाँ ८८ पैसा थियो ।
कुवेती दिनार १ को खरिददर ३७४ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३७६ रुपैयाँ ४१ पैसा रहेको छ ।
बहराइन दिनारको भाउ पनि आइतबारको भन्दा आज केहीले घटेको छ । सोमबार बहराइन दिनार १ को खरिददर ३०१ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३०३ रुपैयाँ ३३ पैसा तोकेको छ ।आइतबार यसको १ को खरिददर ३०१ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३०३ रुपैयाँ ३७ पैसा रहेको छ ।