भारतमा लोकसभा चुनावको पहिलो चरणको मतदान शुरु
बैशाख ७, २०८१ शुक्रबार
काभ्रेपलाञ्चोक – बनेपाबाट नेपालथोक जाँदै गरेको बस नमोबुद्ध–२, दाहालडाँडामा दुर्घटना हुँदा २५ जनाभन्दा बढी घाइते भएका छन् ।
बा ४ ख ३३१९ नम्बरको बस सडकबाट झण्डै ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका डीएसपी दिपक गिरीले जानकारी दिनुभयो ।
घाइतेमध्ये ८ जना गम्भीर भएको गिरीले जानकारी दिनुभयो । ‘हामीले सबै यात्रुको उद्धार गरिसकेका छौँ । धुलिखेल अस्पतालमा उनीहरुको उपचार भैरहेको छ’, डीएसपी गिरीले जानकारी दिनुभयो ।
दुर्घटनाका बारेमा विस्तृत जानकारी आइनसकेको प्रहरीले बताएको छ ।
काभ्रेमा बसेर पत्रकारिता गर्ने कपिल कोइराला उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ ।