एभीसी सेन्ट्रल जोन भलिबल: नेपालकाे लगातार तेस्राे जित

 कात्तिक २६, २०७६ मंगलबार १६:५०:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - एभीसी सेन्ट्रल जोन महिला भलिबल प्रतियोगितामा नेपालले लगातार आज तेस्रो खेल जितेको छ ।

पहिलो खेलमा अफगानिस्तानलाई ३–० को सोझो सेटमा हराएको नेपालले साेमबार भएको दोस्रो खेलमा किर्गिस्तानलाई पनि ३–० कै सेटमा हराएको थियो । त्यस्तै तेस्रो खेलमा आज नेपालले बंगलदेशलाई ३–० कै सोझो सेटमा पाखा लगाएको छ ।

नेपालले बंगलादेशलाई पहिलो सेटमा २५–७, दोस्रो सेट २५–६, र तेस्रो सेटमा २५–६ ले पराजित गरेको हो । आजकाे खेलमा नेपालकी सुनिता खड्का वुमन अफ दि म्याच घोषित भइन् ।

नेपाल याे जितसँगै ३ खेलबाट ९ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ । नेपाललाई पछ्याउने क्रममा माल्दिभ्सको समान ३ खेलबाट ८ अंक रहेको छ । प्रतियोगितामा नेपालसहित किर्गिस्तान, माल्दिभ्स, बंगलादेश र अफगानिस्तान गरी पाँच टिम सहभागी छन् ।

राउण्ड रोबिन लिगका आधारमा सञ्चालन भइरहेको प्रतियोगिताको शीर्ष दुई टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया