कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
बैशाख १२, २०८१ बुधबार
भारतमा भइरहेको यू–१९ च्यालेञ्जर्सको दोस्रो खेलमा बुधबार नेपालले भारत यू–१९ रेड टिमसँग प्रतिस्पर्धा गरिरहेको छ । बेंग्लोरको राजिव गान्धी स्टेडियममा सुरु हुन लागेको खेलमा नेपालले टस जितेर बलिङ गर्ने निर्णय गरेको छ ।
पहिलो खेलमा भारत यू–१९ एल्लो टिमसँग १० विकेटको भारी अन्तरले पराजित भएको नेपाललाई फाइनलमा स्थान बनाउनका लागि आज जित अनिवार्य छ ।
पहिलो खेल खेलेका तिलकराज भण्डारीलाई आजको खेलमा आराम दिइएको छ । बुधबारको खेेलमा विशाल विक्रम केसीलाई पहिलो एघारमा राखिएको छ ।
रित गौतमको कप्तानीमा उत्रिएको नेपाली टिममा लोकेश बम, हरि बहादुर चौहान, अरुण ऐरी, कुशल मल्ल, विशाल विक्रम केसी, आकाश चन्द, प्रतिश जिसी, शेर मल्ल, सागर ढकाल र खडकबहादुर बोहरा खेल्दैछन् ।