च्याम्पियन्स लिग फुटबल : सिटी र रियल म्याड्रिड तथा आर्सनल र बाय...
बैशाख ५, २०८१ बुधबार
काठमाडौं – काठमाडौं उपत्यकामा जथाभावी बाटो काट्ने १० हजार भन्दा धेरै पैदल यात्रुलाई सचेत गराइएको छ ।
दुर्घटना कम गर्न सुरु गरिएको सचेतना अभियानमा तीन दिनमा १० हजार भन्दा धेरै जनालाई जथाभावी बाटो नकाट्न सम्झाई बुझाई गराएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार मंगलबार ३ हजार १३ जनालाई सचेत गराइएको छ । यस्तै सोमबार ३ हजार ५ सय १३ जना र आइतबार ३ हजार ९ सय ८१ जना पैदल यात्रुलाई सचेत गराइएको थियो ।