रोनाल्डोको ह्याट्रिकमा पोर्चुगलको फराकिलो जित

 कात्तिक २९, २०७६ शुक्रबार ७:२०:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

लिथ्वानियालाई ६–० ले हराउँदै पोर्चुगल युरोकप छनोट नजिक पुगेको छ । पोर्चुगलले आफ्नो मैदानमा लिथ्वानियालाई हराउँदा क्रिष्टियानो रोनाल्डोले ह्याट्रिक गरे । यो ह्याट्रिकसँगै रोनाल्डोले अन्तर्राष्ट्रिय गोल संख्या ९८ पुर्‍याएका छन् ।

सातौँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै रोनाल्डोले पोर्चुगललाई अग्रता दिलाएका थिए । २२औँ मिनेटमा उनले अग्रता दोब्बर बनाए । पहिलो हाफमा दुई गोल गरेको पोर्चुगलले दोस्रो हाफमा चार गोल थप्यो । 

५२औँ मिनेटमा पिज्जीले गोल गरे । ५६ औँ मिनेटमा गोन्कालो पासिन्सिया र ६३औँ मिनेटमा बर्नार्डो सिल्भाले गोल गरेपछि पोर्चुगलले ५–० को अग्रता लियो । त्यसको दुई मिनेटपछि बर्नार्डो सिल्भाको पासमा रोनाल्डोले ह्याट्रिक पूरा गर्दा पोर्चुगलले ६–० को जित निकाल्यो । पोर्चुगलका लागि रोनाल्डोको यो नवौँ ह्याट्रिक हो ।

जितसँगै पोर्चुगलले समूहमा १४ अंक बनाएको छ ।

यो समूहमा सर्विया तेस्रो स्थानमा छ । सर्वियाले लग्जम्बर्गलाई ३–२ ले हरायो । १३ अंक जोड्दै सर्विया तेस्रो स्थानमा पुगेको हो । समूहमा युक्रेन १९ अंक बनाउँदै छनोट भइसकेको छ । अन्तिम खेलमा सर्वियाले युक्रेनसँग र पोर्चुगलले लग्जम्बर्गसँग प्रतिस्पर्धा गर्नेछ ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया