रौतहट बम विस्फाेट प्रकरण : आलमलाई नख्खु कारागार ल्याइयो

 कात्तिक ३०, २०७६ शनिबार ८:३९:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

ललितपुर - रौतहटको राजपुर बम विस्फोट प्रकरणका मुख्य अभियुक्त मोहम्मद आफ्ताब आलमलाई नख्खु कारागार ल्याइएको छ ।

जिल्ला अदालत रौतहटले शुक्रबार पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि केही घण्टा जिल्ला कारागार रौतहटमा राखे पनि सुरक्षाका कारण आलमलाई शनिबार बिहान ४ बजे ललितपुरको नख्खु कारागार ल्याइपुर्‍याइएको नेपाल प्रहरीका प्रवक्ता डीर्आइजी विश्वराज पोख्रेलले उज्यालोलाई जानकारी दिनुभयो ।

अदालतको आदेशमा सुरक्षाका हिसावले आलमलाई रौतहटमा राख्न उपयुक्त नहुने भन्दै अरु कारागारमा स्थानान्तरण गर्न सक्ने आदेश पनि दिएको थियो । फैसलापछि रौतहटमा सुरक्षा व्यवस्था कडा पारिएको छ । आलमको विपक्षमा बयान दिएका सरकारी साक्षीलाई पनि सुरक्षा दिइएको रौतहटका एसपी भुपेन्द्र खत्रीले जानकारी दिनुभएको छ । 

आलमलाई पुर्पक्षका लागि जेल चलानको आदेश दिने जिल्ला न्यायाधीश दीपक ढकाल र वकालत गर्ने न्यायाधिवक्ता  खडिन्द्र कटुवालले सुरक्षाको माग गर्दै सरुवा गरिदिन माग गर्नुभएको छ । 

 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया