गोरखामा पहिरोले घर बगायो : नौ महिने बालकसहित तीन जनाको ज्यान गयो

 साउन २, २०७५ बुधबार ९:४५:१ | किरण लोहनी
unn.prixa.net

गोरखा –  शहीद लखन गाउँपालिकामा पहिरोले घर बगाउँदा तीन जनाको ज्यान गएको छ । 

शहिद लखन गाउँपालिका वडा नम्बर ६, अँधेरीमा मा रहेको नवराज कुँवरको घर बुधबार बिहान पहिरोले बगाउँदा नवराजकी १० वर्षीया भतिजी प्रबिना कुँवर, २० वर्षीया भान्जी सरु कुँवर र उनका नौ महिने छोराको ज्यान गएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन आलेले बताउनुभयो । नौ महिने छोरासहित सरु पाहुना बस्न आएकी थिइन् ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया