अहिलेकै अवस्थामा सरकारसँग वार्ता गर्नुको कुनै औचित्य छैन : डाक्टर केसी

 साउन २, २०७५ बुधबार १३:११:३० | उज्यालो सहकर्मी
unn.prixa.net

जुम्ला – सामाजिक अभियन्ता डाक्टर गोविन्द केसीले सरकारले वार्ताको नाममा झारा टार्ने काम गरेको बताउनु भएको छ । 

चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवाको सुधारको माग गर्दै १९ दिनदेखि जुम्लामा अनसनरत डाक्टर गेविन्द केसीले वार्ताको नाममा सरकारले म्यान्डेटबिना कर्मचारी मात्र पठाएर झारा टार्ने काम गरेको  बताउनुभएको हो । 

बुधबार एक विज्ञप्ति निकालेर डाक्टर केसीले सरकार गम्भीर नभएकाले नै अन्तर्वस्तुमा गएर सार्थक वार्ता सुरु हुन नसकेको बताउनुभयो । 

अहिलेकै अवस्थामा मागहरु सम्बोधन गर्नका लागि सरकारले आवश्यक वातावरण नबनाएसम्म अर्को चरणको वार्ता गर्नुको औचित्य नभएको डाक्टर केसीले स्पष्ट पार्नुभयो । 

वार्तालाई तार्किक निश्कर्षमा पुर्‍याउनका लागि तत्काल चिकित्सा शिक्षा विधेयक फिर्ता गरेर पूर्ण म्यान्डेटसहितको वार्ता टोली पठाउन पनि डाक्टर केसीले सरकारलाई आग्रह गर्नुभएको छ  । 

डाक्टर केसीकाे विज्ञप्ति

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया