‘टूटल र पठाओलगायतका निजी सवारी साधनले भाडा लिएर यात्रु बाेके कारबाही हुन्छ’

 मंसिर ४, २०७६ बुधबार १६:२४:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – यातायात व्यवस्था विभागले निजी प्रयोजनका लागि दर्ता भएको सवारी साधनले भाडा लिएर यात्रु ओसारपोसार गरेको सम्बन्धमा आपत्ति जनाएको छ । 

विभागले विज्ञप्ति जारी गर्दै 'टूटल' र 'पठाओ' लगायतका सवारी साधनले निजी सवारीलाई पनि भाडा लिएर यात्रु ओसारपसार गर्नु कानुनको उल्लंघन भएको जनाएको छ । 

यससम्बन्धमा व्यापक जनगुनासो आएपछि विभागले कानुन बमोजिम कारबाही गर्ने पनि उल्लेख गरेको छ । एउटा प्रयोजनका लागि दर्ता भएको सवारी साधन अर्काे प्रयोजनमा प्रयोग नगर्न विभागले सचेत गराएको छ । 

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ८ (२) मा ‘निजी सवारी यातायात सेवाको लागि प्रयोग गर्न पाइने छैन’ र दफा १२ मा ‘कुनै एक प्रयोजनको निम्ति दर्ता भएको सवारी अर्काे प्रयोजनको निम्ति प्रयोग गर्न पाइने छैन’ भन्ने कानुनी व्यवस्था छ ।   

यसअघि पनि विभागले कारबाही थालेपछि प्रधानमन्त्री ओलीले नयाँ प्रयाेगलाई प्रोत्साहन गर्नुपर्ने बताउँदै कारबाही रोक्न र निजी सवारीलाई भाडामा यात्रु बोक्न निर्देशन दिनुभएकाे थियाे । 

अन्तिम अपडेट: चैत १२, २०८०

1 Comments

  • विनोद पौडेल

    Nov. 20, 2019, 4:42 p.m.

    टुटल र‌ पठाओ जस्ता कम्पनीले जुन किसिमको सेवा दिँदै आएका थिए, उनीहरुलाई उत्साहजनक रुपमा सहयोग गर्नुको सट्टा बन्देज गर्नु राम्रो हुँदै होइन । विकसित देशमा भएका गरेका कामको अभ्यासलाई उतारेर अगाडि बढ्ने भन्ने जुन सरकारको धारणा थियो, सोही धारणा अनुरुप विकसित राष्ट्रमा चलेका यस्तैखाले अवधारणालाई अनुसरण गरेर नेपाल भित्रिएका यस्ता संस्थाहरुलाई बन्देज लगाउने कुरा पुरातनवादी सोच भएको मान्न सकिन्छ । कि त सार्वजनिक यातायातहरु भरपर्दो सुरक्षित र सुबिधायुक्त हुनुपर्यो, होइन भने निजी प्रयासबाट चलेका यस्ता कम्पनीहरुलाई नियमन गरी व्यवस्थित तरिकाले चल्न दिनुपर्ने हुन्छ ।

  •  0 Reply

तपाईको प्रतिक्रिया