१३ औँ साग : भलिबलतर्फको खेल तालिका सार्वजनिक, महिला भलिबल टिम स्वर्ण पदकको दाबेदार

 मंसिर ४, २०७६ बुधबार १८:३४:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – १३ औँ दक्षिण एसियाली खेलकुदमा भलिबलतर्फको खेल तालिका सार्वजनिक भएको छ । 

आउँदो मंसिर १५ गते औपचारिकरुपमा उद्घाटन हुने भए पनि सागअन्तर्गत भलिबल भने ११ गते बुधबारदेखि नै सुरु हुने छ । भलिबलमा नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, माल्दिभ्स र बंगलादेशले प्रतिस्पर्धा गर्नेछन् । भुटानमा टिम नै नरहेकाले साग को भलिबलमा सहभागिता जनाउने छैन । 

बुधबार उद्घाटन हुने भलिबल प्रतियोगितामा नेपालको महिला र पुरुष दुवै टिम समूह ‘ए’ मा रहेका छन् । बुधबार सार्वजनिक गरिएको खेल तालिकाअनुसार महिला र पुरुष दुवै टिममा नेपालले भारत र बंगलादेशसँग खेल्ने छ ।

पुरुष भलिबल अन्तर्गत उद्घाटन खेलमा नेपाल र बंगलादेश खेल्नेछन् । यसैगरी दोस्रो खेलमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्नेछ ।

महिला भलिबलतर्फ भने नेपालले पहिलो खेलमा भारतसँग खेल्नेछ । महिलातर्फको उद्घाटन खेलमा भारत र बंगलादेशले प्रतिस्पर्धा गर्नेछन् । नेपालले बिहीबार भारतसँग खेल्ने छ भने शुक्रबार बंगलादेशसँग खेल्ने छ । 

सागमा महिला भलिबल टिमलाई स्वर्ण पदकको दाबेदारको रुपमा हेरिएको छ । त्यसका लागि नियमित वैदेशिक प्रशिक्षण गरेको नेपाली टिम भर्खरै बंगलादेशमा भएको एभीसी सेन्ट्रल जोनमा स्वर्ण पदक जित्दै उच्च मनोबलका साथ अहिले काठमाण्डौमा नियमित प्रशिक्षण गरिरहेको छ । 

नेपाली टिमका मुख्य प्रशिक्षक जगदीश भट्टले प्रशिक्षण राम्रो भएको र घरेलु मैदानमा हुन लागेको सागको स्वर्ण पदक जित्ने लक्ष्य रहेको बताए । नेपाली महिला भबिलल टिमले अरुणा शाही र पुरुषतर्फ इम रानामगरको कप्तानीमा खेल्दै छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया