राष्ट्रिय चिकित्सा शिक्षा विधेयक तत्काल फिर्ता गर्न सरकारसँग गगन थापाको माग

 साउन २, २०७५ बुधबार १४:१९:५१ | उज्यालो सहकर्मी

काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता एवम् पूर्व स्वास्थ्य मन्त्री गगन थापाले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक तत्काल फिर्ता लिन सरकारसँग पुनः माग गर्नु भएको छ ।

कांग्रेस नेता थापाले सरकारले अहिले संसदमा पेश गरेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक फिर्ता लिए वरिष्ठ चिकित्सक गोविन्द केसीले पनि आमरण अनसन तोड्ने विश्वास व्यक्त गर्नुभयो ।

बुधबार नेपाल प्रेस युनियनले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले आफूहरुको सहमति अनुसार मात्रै राष्ट्रिय चिकित्सा शिक्षा विधेयक अघि बढाउन सरकारसँग आग्रह गर्नुभयो । उहाँले सरकारले वरिष्ठ चिकित्सक केसीलाई वार्ताको नाटक गरेर जब्र्बजस्त काठमाडौं ल्याउन चाहेको आरोप लगाउनुभयो ।

कांग्रेस नेता पौडेलले राष्ट्रिय चिकित्सा विधेयक फिर्ता लिए वार्तामार्फत् वरिष्ठ चिकित्सक केसीको माग सम्बोधन गर्न सरकारलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले सरकारले शिक्षा र स्वास्थ्यको क्षेत्रमा आम नागरिकलाई समान अवसर दिन नचाहेको पुष्टि भएको दाबी गर्नुभयो ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

1 Comments

  • प्रमोद बि क

    July 18, 2018, 2:38 p.m.

    हुनत के सी पहिले पनि धेेेरेै पटक अनसन बसिसक्नु भएको छ । तर अहिले काङ्ग्रेस ले बोकेर हिडेको मसहसुस गरेको छु ।

  •  0 Reply

तपाईको प्रतिक्रिया