प्रिमियर लिगमा आज राति आर्सनल र चेल्सी खेल्दै
बैशाख ११, २०८१ मंगलबार
टेलिभिजन अभिनेत्री मौनी रोय अभिनेता अक्षय कुमारका साथ फिल्म ‘गोल्ड’ मार्फत बलिउड डेब्यू गरिरहेकी छिन् ।
१५ अगष्टमा प्रदर्शनको तयारीमा रहेको ‘गोल्ड’ मा मौनी अक्षयको श्रीमतीको भूमिकामा देखिएकी छिन् । फिल्मको ट्रेलर र गीत सार्वजनिक भइसकेको छ । दर्शकको तर्फबाट यस फिल्मका साथै मौनीलाई समेत राम्रो प्रतिक्रिया मिलिरहेको बेला एक अर्को फिल्ममा काम गर्ने अवसर मौनीले पाएकी छिन् ।
मौनी रोय अभिनेता राजकुमार रावका साथ अर्को फिल्ममा काम गर्ने भएकी छिन् । ‘मेड इन चाइना’ नाम राखिएको यस फिल्ममा मौनी राजकुमार रावको श्रीमतीको भूमिका निर्वाह गर्नेछिन । निर्देशक मिखिल मुसलेको यस फिल्मको निर्माण दिनेश विजानले गर्नेछन । यही वर्षको सेप्टेम्बरदेखि फिल्मको छायांकन भारतको मुम्बईबाट सुरु गरिनेछ भने गुजरात र चीनमा पनि फिल्मको छायांकन हुनेछ ।
मौनी रोयको डेब्यू फिल्म ‘गोल्ड’ खेलमा आधारित फिल्म हो । यस फिल्ममा अक्षय कुमार हकी प्रशिक्षक तपन दासको भूमिकामा रहेका छन् भने मौनीले उनकी पत्नीको भूमिका निर्वाह गरेकी छिन् ।
सन् १९४८ मा भारतले पहिलो पटक हकी खेलका माध्यमबाट गोल्ड मेडल जितेको घटनामा आधारित रहेर यो फिल्म बनाइएको हो । रिमा कागतीको निर्देशन रहेको यस फिल्ममा मौनी एक बंगाली बालाको भूमिकामा निकै सुन्दर देखिएकी छिन् ।