फेसबुक र गूगल मानव अधिकारका लागि 'खतरा' !

 मंसिर ७, २०७६ शनिबार १२:३८:४० | एजेन्सी
unn.prixa.net

मानवअधिकारको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संगठन एम्नेस्टी इन्टरनेशनलले गूगल र फेसबुकको व्यापारिक शैली मानव अधिकारको लागि खतरा भएको बताएको छ । 

एम्नेस्टीले एक प्रतिवेदन जारी गर्दै गूगल र फेसबुकले गर्ने ‘व्यापक निगरानी’ लाई लिएर चिन्ता व्यक्त गरेको छ । यी प्राविधिक कम्पनीले मानव अधिकारमाथि नोक्सान पुर्याउने अवस्था सिर्जना गरेको मानव अधिकार संगठनले दाबी गरेको छ । 

फेसबुकले भने यो प्रतिवेदनप्रति असहमति जनाएको छ । यद्यपि फेसबुकले भने मानवअधिकारलाई झन् सशक्त बनाएको दाबी गरेको छ । गूगलले पनि आफूलाई प्रयोगकर्ताको भरोसाको सम्मान र उनीहरुको डाटाको सुरक्षाको जिम्मेवारीको महसुस भएको जनाएको छ । 

प्रतिवेदनमा भनिएको छ– गूगल विश्वमा ९० प्रतिशतभन्दा धेरै मानिसले प्रयोग गर्ने सर्च इञ्जिन हो र विश्वको एक तिहाई जनसंख्याले फेसबुक प्रयोग गर्छन् । 

अरबौँ जनसंख्या फेसबुक र गूगलले निर्धारण गरेको शर्तमा हिँडिरहेको भन्दै एम्नेस्टीले यो मानव अधिकारको दृष्टिले व्यवहारिक नभएको जनाएको छ ।  

एम्नेस्टीका महासचिव कूम नायडूले भने, ‘अरबौँ मानिसहरुसँग फेसबुक र गूगलद्वारा निर्धारित शर्तको अलावा अरु कुनै व्यवहारिक विकल्प छैन, यो मानवअधिकारको लागि खतरा हो ।’ 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया