धादिङमा जन्ती बोकेको बस दुर्घटना : एक जनाको ज्यान गयो, ४० जना घाइते

 मंसिर ८, २०७६ आइतबार ८:१७:६ | सिताराम अधिकारी
unn.prixa.net

धादिङ – धादिङमा जन्ती बोकेको बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने ४० जना घाइते भएका छन् ।

नुवाकोटको बाँसगडीबाट अमलेखगञ्जतर्फ जाँदै गरेको बा २ ख ६२६८ नम्बरको जन्ती बोकेको बस धादिङको गल्छी गाउँपालिका–६ बैरेनीबजारमा आइतबार बिहान दुर्घटनामा परेको हो ।

दुर्घटनामा नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका–५ की १४ वर्षीया डोल्मा तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजकुमार वैदवारले बताउनुभयो ।

घाइते भएका ४० जना मध्ये १७ जनाको अवस्था गम्भीर रहेकोले उप उपचारका लागि काठमाण्डौको ट्रमा सेन्टर पठाइएको छ भने २३ जनाको बैरेनी र गल्छीमा रहेको स्वास्थ्य केन्द्रहरुमा उपचार भइरहेको छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया