कर्णाली प्रदेशमा पहिलोपटक तीन दिने बीमा अभिकर्ता तालिम

 मंसिर ८, २०७६ आइतबार २०:१७:९ | उज्यालो सहकर्मी
unn.prixa.net

सुर्खेत - राष्ट्रिय बीमा संस्थान सुर्खेत शाखाले कर्णाली प्रदेशमा पहिलोपटक तीन दिने बीमा अभिकर्ता तालिम सम्पन्न भयेको छ ।

कार्यक्रममा मंसिर ६ देखि ८ गतेसम्म भएको कार्यक्रममा ३३ जनाको सहभागिता रहेको थियो ।

कार्यक्रममा बीमा र यसका महत्व, सिद्धान्त  र प्रकारहरु, बीमा ऐन, नियामावली तथा विनियमावलीहरु, बीमा संस्थानमा प्रचलित बीमालेखहरु, बीमा बजारीकरण र अभिकर्ता व्यवसाय वृद्धिका तरिकाहरुका बारेमा प्रशिक्षण दिइएको थियो।

कार्यक्रममा संस्थानका प्रशासक कवि प्रसाद पाठकले संस्थानको भावी कार्यदिशा तथा यस क्षेत्रको विस्तारमा बीमा अभिकर्ताले निर्वाह गर्नुपर्ने भूमिकाको बारेमा प्रकाश पार्नुभएकाे थियाे ।

यस बाहेक संस्थानका सुर्खेत शाखा प्रमुख रमेश उपाध्यायले बीमाको इतिहास  र राष्ट्रिय बीमा संस्थानको परिचय तथा काम कर्तव्यबारे जानकारी दिनुभएकाे थियाे ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया