आईपीएलमा दिल्लीको महत्वपूर्ण ३ खोज : सन्दीप लामिछाने पहिलो नम्बरमा

 जेठ ९, २०७५ बुधबार १७:२४:३ | उज्यालो सहकर्मी
unn.prixa.net

आईपीएलमा दिल्लीको महत्वपूर्ण ३ खोज : सन्दीप लामिछाने पहिलो नम्बरमा

 

जेठ ९ – २०१८ को आईपीएलमा दिल्ली डेयरडेभिल्सको यात्रा टुंगिसकेको छ ।

उसले सुरुका दुई खेल हारेको थियो भने अन्तिमका २ खेलहरुमा चेन्नइ सुपर किंग्स तथा मुम्बइ इन्डियन्सजस्ता हस्ती क्लबहरुविरुद्ध शानदार जित निकाल्न सफल भएको थियो । चेन्नइ २ पटक तथा मुम्बइ ३ पटक आईपीएल विजेता रहिसकेका क्लबहरु हुन् ।

 

Delhi Daredevils@DelhiDaredevils

दिल्ली के दिलेरों के लिए VIVO @IPL की तीन सबसे बड़ी खोज में @IamSandeep25 रहे सबसे ऊपर ❤ https://www.delhidaredevils.com/hi/three-youngsters-are-find-of-the-season-for-delhi-daredevils-hn …

आईपीएल 2018 में दिल्ली डेयरडेविल्स की 3 बड़ी खोज

इस सीज़न में दिल्ली के इन तीन खिलाड़ियों ने जीता सभी का दिल

delhidaredevils.com

 

 

दिल्ली आफूले खेलेको १४ मध्ये ५ खेलमा मात्र जित हात पारेर १० अंकका साथ अंकतालिकाको पुछारमा रहँदै यो सिजनको आईपीएल यात्रा टुंग्यायो । यसरी हेर्दा उसको यो सिजनको आईपीएलको प्रदर्शन खराब रह्यो । समग्र नतिजा खराब रहेपनि दिल्लीका केही खेलाडीहरुले यो सिजनमा निक्कै राम्रो प्रदर्शन गरे । दिल्लीका ऋषभ पन्तले सर्वाधिक ६८४ रन बनाए भने बलर ट्रेण्ट बोल्टले सर्वाधिक १८ विकेट लिए ।

यी बाहेक दिल्लीले ३ होनहार खेलाडीहरुको पनि प्रतिभा प्रस्फुटन गरायो । ती तीन खेलाडीमध्ये नेपालका १६ वर्षे लेग स्पीनर सन्दीप लामिछाने पनि छन् ।

दिल्लीले यो सिजनमा पाएको होनहार प्रतिभाको सूचीमा सन्दीप लामिछानेलाई १ नम्बरमा राखेको छ । दोस्रोमा पृथ्वी शा तथा तेस्रोमा अभिष्ोक शर्मा परेका छन् । पृथ्वी र अभिषेक दुवै ब्याट्सम्यान हुन् ।

अब्बल सन्दीप

सन्दीपलाइ पहिलो ११ खेलसम्म प्लेइङ ११ मा राखिएन । १२ औं खेलमा रोयल च्यालेञ्जर्स बेंग्लोरका विरुद्ध पहिलोपल्ट खेल्ने मौका पाए । पहिलो खेलमा पहिलो ओभर नै उनलाइ थमाइएको थियो । उनले आत्मविश्वासी हिसाबले बलिङ गरे ।

सन्दीपले बेंग्लोरका पार्थिब पटेलको विकेट लिएपछि क्रिजमा रहेका ए बी डीभीलीयर्स र विराट कोहलीलाई बलिङ गर्ने मौका पाए । उनको स्पिनमा डीभीलीयर्स पनि जसोतसो आउट हुन बाट बचे ।

४ ओभरको स्पेलमा कुनै अतिरिक्त रन नदिइ २५ रन खर्च गर्दै १ विकेट लिंदा नेपालका १५ वर्षे ठिटो सबैका छलफलको विषय बने ।
उनले दोस्रो खेलमा चेन्नइका सुरेश रैनाको विकेट लिए । त्यो खेल दिल्लीले ३४ रनले जित्यो । 

तेस्रो खेलमा मुम्बइ इन्डियन्सलाई ११ रनले हराउँदा सन्दिपको योगदान स्मरणीय रह्यो । उनले सूर्यकुमार यादव, कायरन पोलर्ड तथा क्रुणाल पाण्ड्याको महत्वपूर्ण विकेट लिएका थिए । उनले समग्रमा ३ खेलमा १६.४४ को औसतमा ५ विकेट लिंदै ६.८३ को इकोनोमीका साथ जम्मा ८२ रनमात्र खर्चिएका थिए ।
यी सबै खेलमा भारतका अभिषेक शर्मा तथा पृथ्वी शा को योगदान पनि महत्वपूर्ण रह्यो ।

सन्दीपसँगै १२ औं खेलमा डेब्यू गरेका अभिषेकले बेंग्लोविरुद्ध अविजित १९ बलमा ४६ रन बनाएका थिए । पृथ्वी शा भने पहिले नै हैदराबाद विरुद्ध ६५, राजस्थान रोयल्सविरुद्ध ४७ तथा कोलकाताविरुद्ध ६२ रन बनाउँदै यू १९ विश्वकप जिताउने टिमको कप्तान तथा सुरुवाती ब्याट्सम्यान भएको तथ्य प्रमाणित गरिसकेका थिए । उनले ९ खेलमा जम्मा २४५ रनको योगदान दिए ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया