जीप दुर्घटना अपडेट : सात मृतकहरुको सनाखत, घाइतेलार्इ हेलिकोप्टरबाट अस्पताल लगिँदै

 साउन २, २०७५ बुधबार १७:१०:२९ | राजु लामिछाने
unn.prixa.net

रुकुम पूर्व – सिस्ने गाउँपालिका–५, धारापानीमा जीप दुर्घटनामा ज्यान गुमाएका ६ जनाको सनाखत भएको छ ।

सिस्ने गाउँपालिकाको रुकुमकोटबाट धौलापैरा भन्ने ठाउँमा जाँदै गरेको लु १ ज २५७३ नम्बरको जीप बुधबार करिब दिउँसो २ बजे धार्पानीमा दुर्घटना हुँदा ७ जनाको ज्यान गएकाे प्रहरीले जनाएकाे छ । 

जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका अनुसार मृत्यु हुनेमा पुथाउत्तरगंगा गाउँपालिका–२, का किरण पुन, सोही गाउँपालिका–१, का कुमार पुन, बुद्धिराज पुन र पुथाउत्तरगंगा गाउँपालिका–१३ कि तिर्सना तुलाचन, पुथा उत्तरगंगा १४ कि सालिनि बर्मा र बाँके कोहरपुर निवासी ललिता परियार, भुमे गाउँपालिका ४ का अर्जुन बिक रहेका छन्  ।

दुर्घटनामा परि ५ जना घाइते भएका छन् । दुर्घटनामा मुसिकोट नरपालिका रुकुम पश्चिमका  गाडी चालक  जयबीर कामी, पुथा उत्तरगंगा गाउँपालिका ११ रुकुम पूर्वका प्रमिला बुढामगर, पुथा उत्तरगंगा गाउँपालिका २ का धनिराम पुन र सम्झना पुन घाइते भएकाे प्रहरीले जनाएकाे छ ।

घाइतेमध्ये धनिराम बिक र अर्जुन बिकको अवस्था गम्भीर रहेको बताइएको छ । उनीहरुको थप उपचारका लागि हेलिकोप्टर मार्फत अस्पताल लैजाने तयारी भैरहेकाे छ । 
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया