त्रिचन्द्र क्याम्पसका प्रमुखमाथि हातपात

 मंसिर ९, २०७६ सोमबार २०:२७:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौको त्रिचन्द्र क्याम्पसका प्रमुख प्रदीपबहादुर न्यौपानेमाथि विद्यार्थीले हातपात गरेका छन् ।

विज्ञान संकायमा बढाएको शुल्क फिर्ता नगरेको भन्दै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेस निकट विद्यार्थी संगठनका कार्यकर्ताले न्यौपानेमाथि हातपात गरेका हुन् ।

घाइते क्याम्पस प्रमुख न्यौपानेको अहिले वीर अस्पतालमा उपचार भइरहेको छ । न्यौपानेमाथि आक्रमण गर्ने २ जना विद्यार्थीलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाण्डौले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया