नुहाउन जाँदा नदीमा डुबेर दुर्इ बालिकाकाे मृत्यु

 साउन २, २०७५ बुधबार १८:१६:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

कैलाली - नुहाउने क्रममा नदीमा डुबेर कैलालीमा दुई जना बालिकाको ज्यान गएको छ ।

कैलालीको लम्कीचुहा नगरपालिका – २ बगौराका हरी प्रसाद ढकालकी १२ बर्षिया छोरी संगीता ढकाल र सोहि ठाउँका कर्ण प्रसाद धमलाकी १३ बर्षिया छोरी पुष्पा धमलाको बुधबार भजनी स्थित रोडा नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले जानकारी दिनुभयो ।

नदीको पानीको सतह बढ्दा उनिहरुको डुबेर मुत्यु भएको प्रहरी नायब उपरीक्षक वलीले बताउनुभयो । तत्काल उद्धार गरिएको भए पनि सेती अञ्चल अस्पताल पुर्याउने क्रममा उनिहरुको बाटोमै मृत्यु भएको उहाँको भनाई छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया