पत्रकार ऋषि धमला बने माेडल (भिडियाेसहित)

 साउन २, २०७५ बुधबार १९:४२:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं -  पत्रकार ऋषि धमलाको सबल र दूर्बल पक्षलार्इ समेटेर तयार पारिएकाे ‘धमला धमला ऋषि धमला’ बाेलकाे गीत सार्वजनिक भएको छ।

मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गरी गीत सार्वजनिक गरिएकाे हाे ।

हाइलाईट्स नेपालको यूट्यूब च्यानल मार्फत् सार्वजनिक गरिएको गीतको म्यूजिक भिडियो अहिलेसम्म झण्डै २२ हजार ५ सय भन्दा बढीले हेरीसकेका छन् । 

धमलाको व्यक्तित्वमा आधारित रही बनाईएको उक्त गीत सञ्चारउद्यमी, गीतकार, संगीतकार तथा गायक सन्तोष देउजाले सार्बजनिक गर्नु भएकाे हाे । गीतमा चर्चित लोक तथा दोहोरी गायिका राधिका हमाल र प्रदीप त्रिपाठीले आवाज भरेका छन् भने राकेश सोनीले संगीत संयोजन गरेका छन् ।

प्रकाश भट्टले निर्देशन गरेको म्युजिक भिडियोमा स्वयं ऋषि धमला र चर्चित मोडल अञ्जली अधिकारीकाे साथै धमला पत्नी एलिजाको पनि अभिनय रहेको छ।

ऋषि धमलाको आलोचना र प्रशंसाले भरिएको गीतको रेकर्डिङ र म्यूजिक भिडियो छायांकनकै क्रममा सामाजिक सञ्जाल, विभिन्न प्रिन्ट तथा अनलाइन मिडियामा भाइरल बनिसकेको छ ।

पत्रकार सम्मेलनमा गीतकार देउजाले छुट्टै धारमा रहेर बनेको यस गीत तथा म्यूजिक भिडियोले गीत संगीत पारखी श्रोता तथा दर्शकहरुको मन जित्ने विश्वास व्यक्त गर्नुभयाे । 

कुनै पत्रकारलाई केन्द्रमा राखेर तयार भएको सायद पहिलो गीत भएको र गीतलाई समसामयिक गीतको रुपमा आफूले लिएको गीतकार देउजाले बताउनुभयाे ।  यस अघि देउजाकाे शब्द रचना रहेका झण्डै अाधा दर्जन जति गीत बजारमा अाइसकेकाे छ ।  

 

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया