साग महिला भलिबल: भारतसँग नेपाल साेझाे सेटमा पराजित

 मंसिर १२, २०७६ बिहिबार १८:५३:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - दक्षिण एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपाल भारतसँग पराजित भएको छ ।

पहिलो खेलमा बंगलादेशलाई सोझो सेटमा हराएको नेपाल दोस्रो खेलमा भारतसँग सोझो सेटमा पराजित हुन पुग्यो । पराजयपछि पनि नेपालको सेमिफाइनल पुग्ने सम्भावना भने बाँकी नै छ ।

समूहको अन्तिम खेलमा भारत र बंगलादेश खेल्नेछन् । बलियो टिम भारतले बंगलादेशलाई हराएमा नेपाल समूह उपविजेता बन्दै सेमिफाइनलमा पुग्नेछ । 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको खेलमा नेपालले पहिलो सेटमा उत्कृष्ट प्रदर्शन गरेको थियो । प्रतिस्पर्धात्मक सेटमा नेपाल २४–२६ ले पराजित भयो । दोस्रो सेटमा भारतविरुद्ध निकै कमजोर देखिएको नेपाल २५–१२ ले पराजित भयो । त्यसपछि नेपाललले केही सुधारिएको प्रदर्शन गरे पनि हार टार्न सकेन । अन्तिम सेटमा नेपाल २५–१६ ले पराजित भयो ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया