उल्भरह्याम्टन युरोपा लिगको नकआउट चरणमा

 मंसिर १३, २०७६ शुक्रबार ६:५१:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्लिस क्लब उल्भरह्याम्टन वान्डरर्स युरोपा लिगको नकआउट चरणमा पुगेको छ ।

समूह चरणको खेलमा पोर्चुगलको स्पोर्टिङ ब्रागासँग बराबरीको नतिजा निकालेपछि उल्भ्स अन्तिम ३२ मा स्थान बनाउन सफल भएको हो । स्पोर्टिङ ब्रागा पनि नकआउट चरणमा पुग्न सफल भएको छ ।

ब्रागामा भएको प्रतिस्पर्धात्मक खेलको छैटौं मिनेटमा आन्द्रे होर्ताले गोल गदैै घरेलु टिमलाई अग्रता दिलाएका थिए ।

त्यसपछि १३औं मिनेटमा राउल जिमिनेजले १३औं मिनेटमा म्याट डोहर्टीले ३४औं मिनेटमा र अदामा ट्राओरेले ३५औं मिनेटमा गोल गरेपछि उल्भ्सले पहिलो हाफमा ३–१ को अग्रता लियो ।

दोस्रो हाफमा घरेलु टोलीका पाउलिन्होले ६४औं मिनेटमा र फ्रान्सेर्जियोले ७९औं मिनेटमा गोल गरेपछि दुवै टिमले अंक बाँडेका हुन् । 

समूह जे अन्तर्गतको खेलमा इटालियन क्लब रोमाले टर्कीको स्तानबुल बासाक्सेहिरलाई ३–० ले हराउँदै नकआउट चरणमा पुग्ने आशा कायमै राखेको छ । 

जित्नै पर्ने दबाबका साथ टर्की पुगेको रोमाका लागि जोर्डन भेरेटउट, जस्टिन क्लुइभर्ट र इडिन जेकोले पहिलो हाफमै गोल गरेर जित दिलाएका थिए ।

अन्तिम अपडेट: चैत ५, २०८०

तपाईको प्रतिक्रिया