भूमिहीन समस्या सधैंका लागि अन्त्य गर्छाैँ : मुख्यमन्त्री पोखरेल

 साउन २, २०७५ बुधबार २०:२६:३ | उज्यालो सहकर्मी
unn.prixa.net

बर्दिया – प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले भूमिहन समस्या सधैँका लागि अन्य गर्नका लागि प्रदेश सरकारले योजना बनाइसकेको बताउनुभएको छ ।

दास प्रथाको अवस्थामा रहेका कमैयाहरुलाई सरकारले कमैँया मुक्त घोषणा गरेको १८ वर्ष पुगेको दिनका अवसरमा मुक्त कमैयाहरुले बर्दियाको सदरमुकाम गुलरियामा बुधबार आयोजना गरेको १९ औँ मुक्त कमैया दिवस समारोहमा बोल्दै मुख्यमन्त्री पोखरेललभूमिहिन समस्याको अन्य बताउनुभएको हो । 

मुख्यमन्त्री पोखरेलले प्रदेश नम्बर ५ लाई यस आर्थिक वर्षमा कानुन तर्जुमा र आवधिक योजना बनाउने कार्यलाई पूर्णता दिने समेत बताउनु भएको छ । मुख्यमन्त्री पोखरेलले प्रदेश नम्बर ५ मा १० वटा शीत भण्डार निर्माण गर्ने र प्रत्येक शीत भण्डार निर्माणका लागि ५०÷५० करोड बजेट छुट्याएको बताउनुभयो । 

यस्तै ठाकुरबाबा नगरपालिकामा पर्ने बर्दिया निकुञ्ज नजिकको ठाकुरद्धारालाई पर्यटकीय क्षेत्र बनाउनका लागि २ करोड बजेट छुट्याएको छ । यस्तै कृषि सहकारी मन्त्री आरती पौडेलले भूमि सम्बन्धी समस्या समाधान गर्नका लागि योजना बनाएर हल गर्ने बताउनु भयो ।  

२०५७ साल साउन २ गते सरकारले कमैया मुक्ती घोषणा गरेपछि साउन २ गतेलाई प्रदेश नम्बर ५ र ७ मा पर्ने दाङ्ग, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा बसोबास गर्ने मुक्त कमैयाहरुले हरेक वर्ष दिवसको रुपमा मनाउने गर्छन । मुक्त कमैयाहरुलाई सरकारले पुनःस्थापना गर्ने भने पनि अहिलेसम्म बर्दिया र कैलालीका मुक्त कमैयाहरु पुनःस्थापना हुन सकेका छैनन् । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया