शहीद स्मारक 'ए' डिभिजन लिग फुटबलकाे टाइसिट सार्वजनिक

 मंसिर १३, २०७६ शुक्रबार १८:२७:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - यो वर्षको शहीद स्मारक 'ए' डिभिजन लिग फुटबल मंसिर २८ बाट सुरु हुने भएको छ । 

शुक्रबार  अखिल नेपाल फुटबल संघ (एन्फा)ले टाइसिट सार्वजनिक पनि गरेको छ । टाइसिटअनुसार लिगको पहिलो खेलमा मच्छिन्द्र क्लब र ब्रिगेड ब्वाइज क्लब भिड्ने भएका छन् ।

दोस्रो खेल भने मंसिर २९ गते सीएमजी क्लब संकटा र च्यासल युथ क्लबबीच हुनेछ भने त्यही दिन त्रिभुवन आर्मी क्लब र फ्रेन्ड्स क्लबबीच पनि प्रतिस्पर्धा  हुनेछ । मंसिर ३० गते सरस्वती युथ क्लब र एनआरटीबीच तथा मनाङ मर्स्याङदी क्लब  र एपीएफ क्लबबीच हुनेछ ।

त्यस्तै लिगको पहिलो चरणको अन्तिम दिन पुष १ गते २ खेल हुनेछ । जसमा रुस्लान थ्री स्टार क्लब र जावलाखेल युथ क्लब तथा  नेपाल पुलिस क्लब र हिमालय शेर्पा क्ल बीच प्रतिस्पर्धा हुनेछ ।

लिगका सम्पूर्ण खेलहरु दशरथ रंगशाला र एन्फा कम्प्लेक्समा हुनेछ भने एन्फाको च्यासलको मैदानलाई वैकल्पिक मैदानको रुपमा राखिएको छ । लिगको खेल सँगै दशरथ रंगशालामा ५ वर्षपछि लिग फुटबल फर्कने भएको छ । भूकम्पले क्षतिग्रस्त बनेको रंगशालाको पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

दोश्रो चरणका खेलहरुको तालिका पहिलो चरणको खेलहरु सकिएपछि निकालिने अखिल नेपाल फुटबल संघ (एन्फा)ले बताएको छ ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया