यस्ताे रह्याे रंगशालामा सागकाे रिहर्सल

 मंसिर १३, २०७६ शुक्रबार १९:१७:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - १३ औंँ दक्षिण एसियाली खेलकुद साग प्रतियोगिता आइतबारदेखि औपचारिक रुपमा सुरु हुँदैछ । प्रतियोगिता सुरु हुनु अगावै भलिबल खेल सञ्चालन भए पनि बाँकी २५ खेलमा २६ इभेन्ट भने आइतबारदेखि सुरु हुनेछ ।

सागको उद्घाटन र समापन समारोह त्रिपुरेश्वरको दशरथ रंगशालामा  गरिने भए पनि बाँकी खेलहरु काठमाण्डौ उपत्यकाका साथै पोखरा र जनकपुरमा हुनेछन् । पोखरामा ८ खेल र जनकपुरमा १ खेल बाहेक अरु सबै खेल काठमाण्डौमा हुन लागेका छन् ।

सागका लागि त्रिपुरेश्वरमा रहेकाे दशरथ रंगशाला अहिले सिंंगारिएको छ । मैदानभित्र चिटिक्क पारिए पनि परिसर भने अझै सफाइ गर्न १ दिन लाग्ने राखेपले जनाएको छ ।

आइतबार गर्ने समारोहका लागि शुक्रबार अन्तिम रिहर्सल  गरिएको छ । रिहर्सलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी सहभागी थिए । उद्घाटनका दिन सबै देशका खेलाडी तथा पदाधिकारीका साथै नेपालका विभिन्न कलाकृति झल्कने झाँकी प्रदर्शन गरिने भए पनि शुक्रबार उनीहरुको साटो विभागीय टिमका सदस्यहरुलाई सहभागी गराएर रिहर्सल गरिएको हो ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया