'ए' डिभिजन लिग खेल्न संकटाले तयार पार्‍याे २१ जनाकाे टिम

 मंसिर १४, २०७६ शनिबार १४:४:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आउँदाे मंसिर २८ गतेबाट हुन लागेकाे 'ए' डिभिजन लिगका लागि संकटा क्लबले टिम तयार पारेको छ । 

अखिल नेपाल फुटबल महासंघ (एन्फा) आयाेजना गर्ने 'ए' डिभिजन लिगका लागि संकटाले २१ जना खेलाडीको टिम बनाएको छ । जसमा दुई जना विदेशी खेलाडी छन् ।

अघिल्लो सिजन संकटा लिगमा दोस्रो भएको थियो । जुन उसका लामो समयपछिको सफल प्रदर्शन थियो । यस पटक पनि उत्कृष्ट नतिजाको लक्ष्य राखेको संकटाले विदेशी खेलाडीका रुपमा अर्नेष्ट टेम्पे र भेसुके पिएरीलाई राखेको छ ।

यस्तो छ संकटाको टिम

राजेश तुलाधर, विनय श्रेष्ठ, राजाबाबु थापा, रोहित कार्की, अजय महर्जन, अर्नेष्ट टेम्पे, रवी सिलवाल, अमित तामाङ, सरोज दाहाल, रोशन लिम्बु, राजेन्द्र रावल, सुभाश गुरुङ, लक्ष्मण रुचाल, भेसुके पिएरी, टिकाराज गुरुङ, क्षितिजराज जिसी, दिपेश आलेमगर, जनक कोइराला र लक्ष्मण गुरुङ ।

संकटाको टिममा रोहित कार्की यू–१८ का खेलाडी हुन् भने विशाल शाही र राजेन्द्र रावल आर्मी फुटबल क्लब (एपीएफ) बाट फेरि संकटामा फर्किएका खेलाडी हुन् । यस्तै पिएरी क्यामरुनका खेलाडी हुन्, उनले दाउफिन्सबाट घरेलु लिग खेलेका थिए ।

यो लिगमा टिकाराज गुरुङले डेब्यू गर्नेछन् भने क्षितिजराज जिसीले पनि पहिलो पटक 'ए' डिभिजन लिग खेल्नेछन् ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया