टेस्ट क्रिकेटमा वार्नरको पहिलो तेहेरो शतक

 मंसिर १४, २०७६ शनिबार १४:१८:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – अस्ट्रेलियाका ओपनर ब्याट्सम्यान डेभिड वार्नरले टेस्ट क्रिकेटमा पहिलो तेहेराे शतक बनाएका छन् ।

योसँगै उनी टेस्ट क्रिकेटमा तेहेरो शतक बनाउने सातौं अस्ट्रेलियाका खेलाडी बनेका छन् । उनले पाकिस्तानविरुद्ध अविजित ३३५ रन बनाए । 

वार्नरले पाकिस्तानविरुद्धको दोस्रो टेस्टमा पहिलो पटक ३ सय रन पूरा गरेका हुन् । निकै राम्रो फर्ममा रहेका वार्नरले ३३९ बलमा तेहेरो शतक बनाए । 

वार्नर पछिल्लो तीन वर्षमा तेहेरो शतक बनाउने पहिलो खेलाडी हुन् । त्यस्तै उनी एडिलेड ओभल मैदानमा तेहेराे शतक बनाउने पहिलो खेलाडी बनेका छन् । 

यसअघि शनिबारको खेलमा स्टिभ स्मिथले कम खेलमा सात हजार रन पूरा गर्ने कीर्तिमान बनाए । 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया