मोरङको धनपालथान गाउँपालिका–२ को अध्यक्षमा कांग्रेसको जित

 मंसिर १५, २०७६ आइतबार ८:१२:२३ | सुमन तिमल्सिना
unn.prixa.net

मोरङ – धनपालथान गाउँपालिका वडा नम्बर २ मा भएको उप चुनावमा नेपाली कांग्रेसका नारायणप्रसाद साह विजयी हुनुभएको छ । 

नेकपाका पंकज मण्डललाई पराजित गर्दै साह विजयी हुनुभएको हो  । नेकपाका  पंकज मण्डलले  १ हजार ४ सय ९७ मत प्राप्त गर्नुभयो भने  विजयी नेपाली कांग्रेसका नारायणप्रसाद साहले १ हजार ७ सय ०१ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

यो वडामा यस अघिको चुनावमा नेकपाले जितेको थियो । प्राप्त मत परिणाम अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तकी ज्योती पासवानको २४ मत, नेपाल लोकतान्त्रिक पार्टीका देवनारायण मण्डलको ८ मत, मंगोल नेशनल अर्गनाइजेशनका  मेघनाथ पासवानले ७ मत मात्र प्राप्त गर्नुभयो । 

त्यस्तै जनमत पार्टीको तर्फबाट उम्मेदवार भएकी चनरादेवी मण्डलले ९ मत प्राप्त गर्नुभयो । ४ हजार ७४ मतदाता रहेको यो ठाउँमा ३ हजार २ सय ८४ मत खसेको थियो । खसेको मत मध्ये ३८ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

अन्तिम अपडेट: चैत ८, २०८०

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया